काठमाडौं, १० साउन । मध्य बर्खामा धान रोपाइँ र गोडमेलको मुख्य समयमा किसानले रासायनिक मलको अभाव झेलिरहेका बेला सरकारले भने प्राङ्गारिक मलको प्रयोग बढाउन जोड दिएको छ। धान रोपिसकेपछि गाँज आउने र बाला लाग्ने चरणमा पर्याप्त रासायनिक मल आवश्यक पर्ने भए पनि चाहिएको मात्रामा मल नपाउँदा किसान चिन्तित बनेका छन्। हरेक वर्षजस्तै यस वर्ष पनि…