जनकपुरधाम, २९ असोज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा रोक लगाइएको छ । झुलाको रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो । नेपाली सेना र सशस्त्र प्रहरीले ५ घण्टाको निकै लामो मसक्तपछि ज्यान जोखिममा परेका ती श्रद्धालु दशनार्थीहरुको ज्यान जोगाउन सफल…