फार्मदेखि किचेनसम्म खाद्य स्वच्छतामा वरपीपल रिसोर्ट अति उत्तम

पोखरा, १२ असोज । पोखराको लेकसाइडस्थित वरपीपल रिसोर्टको किचेन, खाद्य सामग्री र सरसफाइ व्यवस्थालाई खाद्य स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखराले गरेको निरीक्षणपछि रिसोर्टलाई अति उत्तम प्रमाणपत्र प्रदान गरिएको हो । कार्यालयका अनुसार निरीक्षणका क्रममा खाना तयार गर्ने किचनदेखि पानी, फलफूल तथा तरकारी, अन्य खाद्य सामग्री र कर्मचारीको…