काठमाडौं, ९ साउन । रोल्पामा वर्षाको बीच रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका तीन बालिकाले अब उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने भएका छन्। रुन्टीगढी गाउँपालिका–४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई हाल अध्ययनरत एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा–६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। कक्षा–७ देखि…