काठमाडौँ, ७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिनुभएको छ । केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्नुभएका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिनुभएको हो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उहाँले…