डा. नन्द किशोर सिंह त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूले समान न्यायको माग गर्दै थालेको शान्तिपूर्ण आन्दोलन आज आठौँ हप्तामा प्रवेश गरेको छ। हरेक दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उपकुलपति कार्यालयअगाडि सांकेतिक धर्ना दिँदै आएका आन्दोलनकारीहरूले कुनै राजनीतिक स्वार्थ वा व्यक्तिगत सुविधा खोजेका छैनन्। उनीहरूको माग अत्यन्तै सरल, न्यायपूर्ण र संवैधानिक छ । समान कामका…