स्वास्थ्यमा सुधारपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपाश्री

काठमाडौं, ८ साउन । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उहाँ बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालबाट घर फर्किनुभएको हो। अस्पतालका अनुसार दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको छ भने हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ। चिकित्सकको निगरानीमा उपचारपछि…