काठमाडौं, २६ असोज । विश्व बाथरोग दिवस २०२६ को अवसरमा काठमाडौंको नक्सालमा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा र्याली सम्पन्न भएको छ।
र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्सालको आयोजनामा सम्पन्न कार्यक्रम ‘Achieve Your Dreams – आफ्ना सपनाहरू पूरा गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको हो।
कार्यक्रममा बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, रोगको समयमै पहिचान र उपचारको महत्त्व बुझाउने तथा यससम्बन्धी भ्रम हटाउने सन्देश दिइएको थियो।
बाथरोगलाई सामान्य जोर्नी दुखाइका रूपमा मात्र लिन नहुने र लक्षण देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्नेमा जोड दिइएको थियो। समयमै रोग पहिचान, नियमित उपचार र चिकित्सकीय सल्लाहको पालना गर्न सके जटिलता कम गर्न तथा जीवनको गुणस्तर सुधार गर्न सकिने जनाइएको छ।
सेन्टरका कन्सल्टेन्ट र्युमाटोलोजिस्ट तथा क्लिनिकल इम्युनोलोजिस्ट डा. अरुण कुमार गुप्ताले बाथरोगसम्बन्धी सही जानकारी फैलाउन, समयमै उपचार गर्न र विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सबैलाई आग्रह गर्नुभएको छ।
बाथरोगको समयमै पहिचान र उपचारप्रति जनचेतना बढाउँदै यससम्बन्धी भ्रम हटाउनु विश्व बाथरोग दिवसको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
















प्रतिक्रिया