मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते

विराटनगर, ३० असोज । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार राति गाँजा कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट…