काठमाडौं, २६ असोज । चलचित्र ‘गौंथली’ का निर्देशक कपिल रिजाल ‘रेड मुभी अवार्ड’ बाट सम्मानित हुनुभएको छ । फ्रान्समा जारी ‘रेड मुभी अवार्ड २०२६’ मा रिजाललाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड दिइएको हो । रिजालले आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत अवार्डबारे जानकारी गराउनुभएको हो । ‘यो पुरस्कार मेरो एक्लो होइन, सम्पूर्ण गौँथली परिवारको साझा उपलब्धि हो ।…