ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

काठमाडौं, २४ असार। पर्साको ठोरी छोटी भन्सार पुनः सञ्चालनमा आएसँगै भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको नेपाल प्रवेश सहज भएको छ। अब भारतीय सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क प्रवेश पास लिएर ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सक्ने भएका छन्। असार १९ गतेदेखि भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश रोकिएपछि स्थानीय व्यवसायी, पर्यटन क्षेत्र…