झापा, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ को एक साता लामो भ्रमण सम्पन्न गरी काठमाडौं फर्कनुभएको छ। माघ २३ गतेदेखि सुरु भएको उहाँको घरदैलो तथा भेटघाट कार्यक्रम फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा केन्द्रित थियो। भ्रमणका क्रममा उहाँले गौरादह, कमल र गौरीगञ्ज क्षेत्रका करिब ८० टोलका मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।…