अर्थमन्त्री वाग्लेले ल्याए २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट संसदमा पेस गरेका छन्।

आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३÷८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको हो।चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १८ : ०५  बजे