यमनको राष्ट्रपतीय महलमा हुथी क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, ३० असोज । यमनको दक्षिणी तटीय सहर एडेनस्थित राष्ट्रपतीय महललाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। आक्रमणका बेला प्रधानमन्त्री र अन्य मन्त्रीहरू भने सुरक्षित रहेको यमनी अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार यमनका सूचना मन्त्री मुअम्मर अल–इरियानीले अल–मासिक महलमा पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र…