जुम्ला : चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई रु ५० हजार जित्न सफल भएको छ । जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा…