साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

काठमाडौं, १८ जेठ । साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा हिजो भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ । नेपाल समूह ‘ए’ को…