काठमाडौं, १३ असोज । जापानमा जारी २०औँ एशियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार बिहान नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल तय भए पनि वर्षाका कारण टससमेत हुन सकेन । खेल हुन नसकेपछि उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ ।…