भारतवाट भागेका आईपीएल संस्थापक मोदीले पाए बेलायती नागरिकता

लन्डन, ३० कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले शनिबार आफूले १५ सेप्टेम्बर २०२६ मा आधिकारिक रूपमा बेलायती नागरिकता प्राप्त गरेको घोषणा गर्नुभएको छ । उहाँले यसलाई आफ्नो जीवनको एक अत्यन्त व्यक्तिगत र गर्विलो उपलब्धि (माइलस्टोन) का रूपमा वर्णन गर्नुभएको छ ।

प्रतिष्ठित अक्सफोर्ड युनियन लाई सम्बोधन गर्ने क्रममा यो खबर साझा गर्दै मोदीले एक विशेष नागरिकता समारोहमा आफ्नो परिवार र साथीभाइको उपस्थितिमा यो खुसीयाली मनाएको बताउनुभयो ।

‘एक गौरवपूर्ण क्षण । एक नयाँ अध्याय । आज, मलाई अक्सफोर्ड युनियनलाई सम्बोधन गर्ने सौभाग्य मिल्यो, जहाँ मैले मेरो जीवनको एक अत्यन्त विशेष र व्यक्तिगत कोसेढुङ्गाबारे सार्वजनिक रूपमा साझा गरें । मलाई बेलायती नागरिक हुन पाएकोमा गर्व छ । १५ सेप्टेम्बर २०२६ मा, परिवार र साथीभाइको उपस्थितिमा मैले मेरो बेलायती नागरिकता प्राप्त गरेको खुसीयाली मनाएँ, यो एउटा यस्तो समारोह थियो जसले सधैं मेरो हृदयमा विशेष स्थान ओगट्नेछ । संयुक्त अधिराज्य (युनाइटेड किङडम) धेरै वर्षदेखि मेरो घर बनेको छ । यो एउटा यस्तो मुलुक हो, जसलाई म गहिरो सम्मान र कदर गर्छु, यहाँका मानिसहरू, संस्थाहरू, परम्पराहरू र मूल्यमान्यताहरूलाई म असाध्यै मन पराउँछु । बेलायती नागरिक बन्न पाउनु एक विशेष अवसर र जिम्मेवारी हो, जसलाई म गर्व, कृतज्ञता र अपनत्वको वास्तविक भावनाका साथ स्वीकार गर्छु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले बेलायत धेरै वर्षदेखि आफ्नो घर रहँदै आएको बताउँदै त्यहाँका मानिसहरू, संस्थाहरू, परम्पराहरू र मूल्यमान्यताहरूप्रति गहिरो सम्मान व्यक्त गरे। मोदीले बेलायती नागरिक बन्नु केवल एक विशेषाधिकार मात्र नभई एउटा जिम्मेवारी पनि भएको स्पष्ट पार्दै यसलाई गर्व, कृतज्ञता र अपनत्वको बलियो भावनाका साथ स्वीकार गरेको बताउनुभयो ।

विभिन्न संस्कृति र अनुभवहरूमा आधारित आफ्नो जीवनयात्रालाई फर्केर हेर्दै उहाँले आफूले गर्वका साथ ूआफ्नो घरू मान्ने देशमा सकारात्मक योगदान दिइरहने इच्छा व्यक्त गर्नुभयो । उहाँले यस स्मरणीय अवसरमा सहभागी भएकोमा आफ्नो परिवार, साथीभाइ र अक्सफोर्ड युनियनलाई धन्यवाद दिनुभयो ।

मोदीले राजा चार्ल्स तृतीयको जन्मदिनको अवसर पारेर यो घोषणा गर्न पाउनुलाई अझ विशेष क्षणका रूपमा उल्लेख गरे र आफ्नो भनाइको अन्त्यमा भन्नुभयो,‘ईश्वरले राजाको रक्षा गरून् !’ उहाँले थप्नुभयो,‘मेरो जीवनयात्रा विभिन्न संस्कृति र अनुभवहरूबाट आकारित भएको छ। म गर्वका साथ ‘आफ्नो घर’ मान्ने यस देशमा सकारात्मक योगदान दिइरहने अपेक्षा राख्दछु । मेरो परिवार, साथीभाइ र यो यात्रामा जोडिएका सबैप्रति, साथै यो समाचार साझा गर्न यस्तो स्मरणीय अवसर प्रदान गर्ने अक्सफोर्ड युनियन प्रति म आभारी छु । यो एउटा नयाँ अध्याय हो, जसमा धेरै कुराको अपेक्षा गर्न सकिन्छ। अनि, राजा चार्ल्स तृतीयको जन्मदिनको दिन, यो क्षण साझा गर्नका लागि यो एक विशेष दिन हो। ईश्वरले राजाको रक्षा गरून् ! ललित मोदी, संस्थापक, आईपीएल ।’

उहाँ बैंकिङ घोटालमा मुछिएपछि भारत छाडेर बेलायत जानुभएको थियो । किंगफिसरका संस्थापकसमेत रहनुभएको उहाँ भारतवाट भाग्नु अघि प्रतिष्ठित उधमीको रूपमा चिनिनुहुन्थ्यो ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १५ : ४७  बजे