काठमाडौं, २ मंसिर । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न १० जिल्लाबाट लागूऔषधसहित २१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र दुर्गापथबाट एक जना पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेका हुन् ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना तथा मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायतका औषधि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया