एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास

काठमाडौं,२१ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताउनुभयो। क्यानले दशैंसम्ममा प्रतियोगिताका लागि आवश्यक सबै तयारी…