काठमाडौं, २८ असोज । यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफमा सात मिनेटभित्र तीन गोल गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जुरियन टिम्बरले ६०औँ मिनेटपछि गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। त्यसपछि एबेरेची एजेले बुकायो साकाको पासमा…