काठमाडौं, ८ भदौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गरेको छ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। यसअघि खेलेका दुई खेलमा नेपाल ‘ए’ पराजित भएको थियो। नेपाल ‘ए’ले दिएको १५५ रनको लक्ष्य पछ्याएको…