काठमाडौं, १४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृङ्खलामा नेपाल जितविहीन बनेको छ। बुधबार भएको खेलमा नेपाल आयोजक नेदरल्यान्ड्ससँग ५७ रनले पराजित हुँदै शृङ्खलाका चारै खेलमा हार बेहोरेको हो। नेदरल्यान्ड्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट भयो। नेपालका लागि आसिफ शेखले ३८, कप्तान रोहित पौडेलले २६ र…