एनपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानी ब्याटर फरहान

काठमाडौं, ७ कात्तिक । पाकिस्तानका ब्याटर तथा टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्।

उनी एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न नेपाल आएका हुन्।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १४ : ४२  बजे