रविलाई सूर्य थापाको कटाक्ष : ‘कैंचीधाम तीर्थाटन डिप्रेसनबाट मुक्त हुन हो ?’

काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत तीर्थाटनलाई लिएर कटाक्ष गर्नुभएको छ ।

परिवारसहित तीर्थाटनका लागि भारत जानुभएका लामिछानेप्रति लक्षित गर्दै थापाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्नुभएको हो ।

‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीधाम तीर्थाटन–आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो ?’ थापाले लेख्नुभएको छ ।

लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने जनाइएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १४ : ५४  बजे