आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने

काठमाडौं, १ कात्तिक । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी दिएको हो। आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो हुने विराटनगरको अपेक्षा छ।

रसेलले वेस्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन्। उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्।

विश्व क्रिकेटका विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलिसकेका रसेलको सहभागिताले एनपीएलको तेस्रो संस्करण थप प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  १४ : १६  बजे