भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

सर्लाही, ३१ असोज । मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो…