काठमाडौं, २९ असोज । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा।लि।बीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका…