कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले कक्षा १ देखि १२ सम्म व्यापक यौनशिक्षा अनिवार्य गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दर्शनाले बाराको जीतपुरसिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको सन्दर्भ उठाउँदै विद्यालय तहदेखि नै यौनशिक्षालाई अनिवार्य बनाउन माग गर्नुभएको हो। आफू सांसदसँगै आमाको हैसियतमा समेत बोलिरहेको…