काठमाडौं, २५ असोज । त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालको पुस्तक ‘स्थानबोध’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले पुस्तक सार्वजनिक गर्नुभयो । पुस्तक सार्वजनिक गर्दै प्रा.डा. पाँडेले ‘स्थानबोध’ले नेपालको एउटा गाउँको कथा मात्र नभई समग्र भूगोल र समाजको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले देशका अन्य…