एमाले रामेछापको पार्टी कार्यालय भवनको भव्य उद्घाटन, मन्थलीमा नयाँ भवनसँगै नयाँ अभियान

रामेछाप, २२ साउन । नेकपा एमाले रामेछापको आफ्नै पार्टी कार्यालय भवन बनेको छ । साँढे दुई करोड भन्दा बढी लागतमा बनेको चार तले भवनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो । भवनमा अध्यक्ष, सचिव, कार्यालयको सचिवालय, लेखा कमिटी, निर्वाचन कमिटी, जनसंगठनहरु, मन्थली नगरपालिका कमिटीको कार्यकक्षका साथै पुस्तकालय र ३ सय ५० जना बढी…