इटहरी, १४ भदौ । लोकप्रिय बन्दै गएको ‘शान्ताको अचार’ अब सुनसरीको इटहरीमा पनि उपलब्ध हुने भएको छ । आजदेखि इटहरीमा ‘शान्ताको अचार’ बिक्री सुरु गरिएको हो ।
स्थानीय उत्पादन, मौलिक स्वाद र विभिन्न परिकारका अचारका कारण छोटो समयमै बजारमा आफ्नो पहिचान बनाउन सफल ‘शान्ताको अचार’ अब इटहरीका उपभोक्ताले पनि सहजै पाउने भएका छन् । पूर्व सांसद तथा एमाले नेतृ शान्ता चौधरीले सञ्चालन गर्दै आएको ‘शान्ताको अचार’ उद्योगले भेज तथा ननभेज गरी विभिन्न प्रकारका अचार उत्पादन गर्दै आएको छ ।

उद्योगमा अकबरे खुर्सानी, लप्सी, लसुन, टिमुर, आँप, अमला, गुन्द्रुकलगायतका अचारसँगै विभिन्न मासुका अचारसमेत उत्पादन हुने गरेका छन् । स्थानीय किसानबाट कृषि तथा पशुजन्य उत्पादन खरिद गरी अचार बनाउने भएकाले यसले किसानलाई बजार उपलब्ध गराउनुका साथै महिला रोजगारी र आत्मनिर्भरतामा समेत योगदान पुर्याउँदै आएको बताइएको छ ।
‘शान्ताको अचार’ नेपालमा मात्र नभई विदेशसम्म समेत पुगिरहेको छ । अब इटहरीमा उपलब्ध हुन थालेसँगै पूर्वी नेपालका उपभोक्तामाझ पनि यसको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया