हेटौंडा, ३ भदौं । नेकपा एमालेका प्रदेश सांसद किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा आज उहाँले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गर्नुभएको हो । एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बन्नुभएको थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि आज दाबी पेस गर्नुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल संयोजक रहेको नेकपा बीच यसअघि नै ३ सहमति भए अनुसार प्रदेश सरकारमा भागबन्डा भइसकेको छ ।
आज राप्रपाले पनि १२ सिटसहितको समर्थन जनाए पछि बहुमतसहित एमाले सांसद थापाले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो, थापाले एमाले र नेकपावाहेक सरकार बनाउनका लागि तीन सिट मात्रै आवाश्यक रहेको बेला राप्रपाले भारी बहुमत सिट उपलब्ध गराएको हो । बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् ।
नयाँ सरकार गठन गर्नका लागप थापालाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । तर, उहाँले आवश्यक भन्दा ९ सिट बढी जोडेर दावी पेश गर्नुभएको हो ।







प्रतिक्रिया