काठमाडौं, १६ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। ।
नगरपालिकाको आज बसेको ९१औँ कार्यपालिका बैठकले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग राशिको घोषणा गरेको नगरप्रमुख (मेयर) मोहनमाया भण्डारी ढकालले जानकारी दिनुभयो ।











प्रतिक्रिया