काठमाडौं, ११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सार्वजनिक छलफलका क्रममा प्रश्न गर्ने नागरिकलाई धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ। कैलालीको लम्कीचुहा अस्पतालको सेवा, सुरक्षा र व्यवस्थापनसम्बन्धी समस्या उठाउन आयोजित छलफलका क्रममा अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापाले अस्पतालमा सुरक्षा अभाव र काम गर्ने वातावरण नभएको गुनासो…