काठमाडौं, २९ मंसिर । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङले प्रहरी हिरासतभित्र आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनलाई चोरीको आरोपमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । घटना थाहा…