धनकुटामा ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं, १२ साउन । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि आगलागी भएको हो। दुर्घटनापछि ट्रकको अगाडिको भागमा लागेको आगोमा परी भोजपुरका ३०…