दसैंको अवसरमा उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं, ३ कार्तिक । बडादसैंको अवसरमा काठमाडौं उपत्यकामा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

दसैंका बेला सार्वजनिक यातायातका साधन कम चल्ने र यात्रुहरूलाई ओहोरदोहोर गर्न असुविधा हुने कुरालाई मध्यनजर गर्दै प्रहरीले यो सेवा सुरु गरेको हो।

उपत्यकाका विभिन्न तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन हुनेछ।

हेर्नुहोस्, कुन–कुन रुटमा कति बजे चल्छ निःशुल्क बस

प्रकाशित मिति: ३ कार्तिक २०८३, मंगलबार  १९ : ००  बजे