काठमाडौं, ११ साउन । बालगायक तथा कलाकार अशोक दर्जीले आफूलाई कुटपिट र धम्की दिएको आरोपमा दुई जनाविरुद्ध झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका छन्।
दर्जीले अंकित प्रधानसहित दुई जनाले एक महिनाअघि आफूलाई कुटपिट गरी भिडियो खिचेको र पछि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पटक–पटक धम्की दिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका हुन्।
घटना सार्वजनिक भएपछि फिल्म निर्माता नीता ढुंगानाले कलाकारको सुरक्षा र न्यायको माग गर्दै अशोक दर्जीको उजुरी र तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
प्रहरीले उजुरी दर्ता गरी घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। दर्जी पछिल्लो समय झापामा बस्दै आएका छन् भने उनी नीता ढुंगानाको आगामी फिल्म ‘पार्वती’ मा पनि अभिनय गर्दैछन्।







प्रतिक्रिया