देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट ३७ जिल्ला प्रभावित भएको छ । विपदबाट कुल २३ लाख २३ हजार बराबरको क्षति भएको छ ।

विपद्मा परेर तीन जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् ।

विवरणअनुसार सर्पदंश १२, पहिरो ११, बाढी दुई, अविरल वर्षा चार, आगलगाी छ र जनावर आक्रमणका दुई घटना भएको छ । विपद्मा परेकालाई उद्धारका लागि कुल १७५ प्रहरी परिचालन भएका छन् । रासस

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  ०७ : ३८  बजे