पोखरा, साउन १६ । कास्की प्रहरीले बालिकालाई यौन शोषणमा लगाएको आरोपमा चार महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा आर्थिक रूपमा कमजोर बालिकालाई प्रलोभनमा पारेर यौन शोषणमा लगाइएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पोखरा–१८ का ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५…