काठमाडौं, १७ साउन । सुनसरी घटनापछि धार्मिक सद्भाव कायम गर्न आयोजित संवाद र जनकपुरमा गृहमन्त्रीलाई बुझाइएको मागपत्रसँग सम्बन्धित केही व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध रहेको दाबी सार्वजनिक भएको छ। प्रकाशित विवरणअनुसार, रास्वपाका पूर्व केन्द्रीय सदस्य उम्मेदवार तथा पार्टीको स्टार्टअप विभागमा सक्रिय रहनुभएका राजुराज फुँयाल हिन्दू धर्मगुरुको प्रतिनिधिका रूपमा सभापति रवि लामिछानेसँग भएको संवादमा सहभागी…