काठमाडौं, १८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिकामा बसको ठक्करबाट कारसहित सुनकोशी नदीमा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका–१ डुड्भञ्ज्याङका एक्स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहनुभएको छ। सोमबार बिहान करिब साढे १०…