काठमाडौं, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने भएको छ। शपथ गराउने जिम्मेवारी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सम्हाल्नुहुनेछ। उहाँले यसअघि रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरिसक्नुभएको छ। संघीय संसद् सचिवालय का अनुसार यसपटक ४७ जना सांसदले…