काठमाडौं, १८ साउन । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया