काठमाडौं,११ चैत्र । प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनभित्र बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान सम्पन्न भएको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका नतिजासमेत सार्वजनिक गरेर…