साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो

काठमाडौं, १८ साउन । साउन महिनाको तेस्रो सोमबारका अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।

नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजन बिहानैदेखि सुन्दरीजल पुगेर पवित्र जलस्रोतमा स्नान गरेका छन्।

स्नानपछि भक्तजनहरूले कलशमा जल भरेर भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन्।

साउन महिनाका सोमबार भगवान् शिवको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेकाले प्रत्येक वर्ष सुन्दरीजल र पशुपतिनाथ क्षेत्रमा बोलबम भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ०७ : ५५  बजे