अर्थ र शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, १८ साउन गते । संघीय संसदअन्तर्गत सोमबार अर्थ, शिक्षा, महिला तथा सामाजिक मामिला र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको छ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची रहेको छ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल गरिने सचिवालयले जनाएको छ।

यस्तै, अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरिने कार्यसूची छ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीहरूमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  ०८ : १३  बजे