मधेस घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसका विभिन्न जिल्लामा भएको धार्मिक तथा साम्प्रदायिक तनावका क्रममा नागरिकको ज्यान जाने गरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारसँग चित्तबुझ्दो जवाफ माग गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकप्रति श्रद्धाञ्जली र…