काठमाडौं, १८ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिबीच कार्यगत सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
सोमबार काठमाडौँमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले एमालेसँग कार्यगत एकता गरिएको भए पनि पार्टी एकता नभएको स्पष्ट पार्नुभएको हो।
उहाँले कार्यगत एकता गर्दा पार्टी नै एउटै हुन लागेको भन्ने भ्रम सिर्जना गरिएको उल्लेख गर्दै, कार्यगत सहकार्यलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउनु उचित नहुने धारणा राख्नुभयो।
संयोजक दाहालले उक्त सहकार्यलाई विषयगत र कार्यगत एकता को रूपमा बुझ्नुपर्ने बताउनुभयो।
उहाँले वामपन्थी शक्तिबीच वास्तविक एकता कायम गर्न विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी तथा साझा समझदारी आवश्यक पर्ने औँल्याउनुभयो।







प्रतिक्रिया