तराई–मधेसको परिस्थितिबारे राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग गरे छलफल

काठमाडौँ, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा पछिल्लो समय विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरिएको थियो। छलफलमा सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र…