सिरहामा तनाव चर्कियो, वडाध्यक्षको घरदेखि सपिङ मलसम्म आगजनी

सिरहा, १४ साउन । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव थप चर्किएको छ । बिहीबारको घटनामा एक किशोरको मृत्यु भएपछि गोलबजार र लहानका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । गोलबजारमा बिहीबार साँझ प्रदर्शनकारीको भीड नियन्त्रणमा लिन प्रहरीले करिब २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।…