देवानगञ्ज झडप

सुनसरी देवानगञ्ज घटना : घाइते जयप्रकाशको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

तनावग्रस्त देवानगञ्ज : उपचारका क्रममा थप एक युवकको पनि मृत्यु, ५ स्थानीय तहमा कर्फ्यू

बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ । उपचारकै क्रममा उनको आज मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा रहेका देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो ।

आइतवार राती भएको झडपमा प्रहरीले चलाएको गोली उनको पेटमा लागे पछि गम्भिर अवस्थामा उनलाइ बिराटनगर अस्पताल लगिएको थियो ।

मोरङ प्रहरीका सूचना अधिकारी तथा डिएसपी मकेन्द्रकुमार मिश्रले दिएको जानकारीअनुसार उपचारकै क्रममा रहेका उहाँको मृत्यु भएको हो ।

आइतबार राति देवानगन्जमा भएको घटनामा ८ युवा प्रहरीको गोली लागेर घाइते भएका थिए, एकजनाको तत्कालै घटनास्थलमा मृत्यु भएको थियो । सो घटनामा परी मृत्यु हुनेको संख्या अब दुई पुगेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १५ : ०२  बजे