आन्दोलन फिर्ता लिएसँगै अस्पतालका सबै सेवा नियमित

काठमाडौं, १४ साउन । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजदेखि देशभरका अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालन भएका छन्। सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएपछि चिकित्सक संघले आन्दोलन फिर्ता लिएको हो। स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि अस्पतालका सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्। वीरगञ्जस्थित…